आन्तरिक उडानमा खोप कार्ड अनिवार्य, एन्टिजेन परीक्षण नगरिने

  २०७८ माघ ५ गते १७:०९     विकासन्युज

काठमाडौं । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नहुने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेको भन्दै मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले एन्टिजेन परीक्षणलाई अनिवार्य बनाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार वायुसेवा सञ्चालकहरुले छोटो दुरीका लागि एन्टिजेन परीक्षण प्रभावकारी नभएको भन्दै विरोध गरेपछि उक्त निर्णय कार्यान्वयन नहुने भएको हो ।

वायुसेवा सञ्चालक संघले सदस्य वायुसेवा कम्पनीलाई पत्र पठाउँदै एन्टिजेन परीक्षणलाई अनिवार्य नहुने जनाएको छ । संघले सर्कुलर गरेको पत्र अनुसार आन्तरिक उडानका यात्रुले खोप कार्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्नछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.