नेप्से परिसूचक ३८.३५ अंकले गिरावट

  २०७८ माघ ५ गते १५:५५     विकासन्युज

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ । आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ ।

त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.