गणपुरक संख्या नपुगे पनि कम्पनीको सभा स्थगित नहुने !

  २०७८ माघ ४ गते १७:०६     विकासन्युज

काठमाडौं । अब गणपुरक संख्या नपुगेको कारणले कुनै पनि कम्पनीको साधारण सभा स्थगित नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयले गणपुरक संख्या नपुगेर सभा स्थिगित गर्नुपर्ने खण्डमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माघ ४ गते २७ बुँदे निर्देशन जारी गर्दै कारोना संक्रमणको दर दिनानुदिन उच्च भएसँगै विभिन्न संस्थालाई उक्त आदेश दिएको हो ।

प्रशासन कार्यालयले जारी गरेको आदेशको २३ नम्बर बुँदामा ‘संस्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्ने’ भनिएको छ ।

यसअघि महालक्ष्मी विकास बैंक र बरुण हाइड्रोपावर कम्पनीले गणपुरक संख्या नपुगेको भन्दै साधारणसभा स्थगित गरेका थिए । तर, हाल उनीहरुले अर्को सूचना जारी गर्दै पुनः साधारण सभाको मिति तय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.