महालक्ष्मी विकास बैंकद्वारा पालुङका विद्यार्थीलाई न्यानो कपडा वितरण

  २०७८ माघ ४ गते १७:१३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंककाे पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित साे विद्यालयकाे ६३ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको हाे ।

विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पुग्ने बज्राचार्यले बताइन् ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.