मास्क नलगाएका कर्मचारी तथा सेवाग्राहीलाई व्यवस्थापकले नै दिनुपर्ने

  २०७८ माघ ४ गते १६:२१     विकासन्युज

काठमाडौं । अब मास्क नलगाएका कर्मचारी तथा सेवाग्राहीलाई व्यवस्थापकले नै उपलब्ध गराउनु पर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले माघ ४ गते एक सूचना जारी गर्दै कुनै पनि कार्यालय, पसल, होटेल लगायतका स्थलमा मास्क नलगाई गएका व्यक्तिलाई सम्बन्धित व्यवस्थापकले उपलब्ध गराउन आदेश दिएको छ ।

कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गराउन आदेश दिँदै प्रशासन कार्यालयले कुनै व्यक्तिले मास्क नलगाई आएमा ब्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन आग्रह गरेको छ ।

त्यस्तै, होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने छ । र, मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने प्रशासन कार्यालयको आदेश छ ।

त्यसैगरी, २०७८ साल माघ ७ गते पछि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राही मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.