कोरोना पुनः बढ्न थालेपछि धमाधम रद्द हुँदै होटल बुकिङ, ठूलो मारमा पाँच तारे होटल

  २०७८ माघ ४ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको तेस्रो लहर (ओमिक्रोन भाइरस) का कारण विदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेका छन् । दिनप्रतिदिन कोरोनाको संक्रमण बढेपछि विदेशी पर्यटकहरुले नेपालका लागि गरेका होटल बुकिङ रद्द गरिरहेका छन् ।

नेपालमा भन्दा पहिला अन्य देशमा ओमिक्रोन फैलदा अधिकाशं विदेशी पर्यटकले बुकिङ रद्द गरेको होटल तथा पर्यटन व्यवसायीहरुले बताएका छन् ।
होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य अधिकाशं विदेशी पर्यटकले होटल बुकिङ रद्द गरेको बताउँछन् ।

‘पछिल्लो समय नेपालमा टेकिङ तथा ट्राभलका लागि युरोप, अमेरिका तथा भारतका विदेशी पर्यटकहरु धेरै आउने गरेका थिए । धेरै विदेशी आउने देशमा नै कोरोनाको तेस्रो लहर फैलिएपछि बुकिङ रद्द गर्न थालेका छन्’, उनले भने, ‘भर्खर भरखर सुचारु हुन थालेको नेपालको पर्यटन क्षेत्रमा पुनः कोरोनाको तेस्रो लहरले समस्या बनायो ।’

उनका अनुसार विदेशी आउने मुख्य सिजन मार्च/अप्रिलका लागि बुकिङ भएका होटलहरु अहिले देखि नै बुकिङ रद्द भएका छन् । केहीले बुकिङ पोस्पोन्ड गरेका छन् । तर अधिकाशं बुकिङ रद्द भएका छन् ।

अटोक्बर र नोभेम्बरमा ३० प्रतिशत होटल बुक भएकोमा हाल ५ प्रतिशत मात्रै होटल बुकिङ भएका छन् । त्यही मध्येपनि केही पर्यटक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई छ ।

उनले अन्य होटलहरुमा केही मात्रामा आन्तरिक पर्यटकले भरिए पनि ठूला स्तरका होटल (नेपालका पाँच तारे होटलहरु) हरु कोरोनाको तेस्रो लहरका कारण झन समस्यामा परेका बताए ।

‘पछिल्लो समय विस्तारै पर्यटनका गतिविधि सहज हुन थालेका थिए, विदेशीले नेपाल आउन देखिएको रुचि र होटलमा आएका बुकिङबाट २ वर्ष थलिएको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन लागेको हामीलाइ भान भएको थियो, तर अहिले पुनः फैलिएको तेस्रो लहरले व्यवसायीहरुमा नैराश्यता थपियोे’, उनले भने ।

होटल बुक रद्द गरेका र पोस्पोन्ड गरेका विदेशी पर्यटकले कोरोनाको तोस्रो लहरका कारण जोखिम भएको भन्ने गरेको होेटल व्यवसायीहरु बताउने गरेका छन् ।

ट्रकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी कोरोनाको तेस्रो लहरका कारण विदेशी पर्यटकले बुकिङ रद्द गर्न थालेको बताउँछन् ।

‘कोरोना महामारी केही कम भएपछि ट्रेकिङ र ट्राभल्स क्षेत्रका लागि नेपाल आउन धेरै विदेशीले चासो देखाएका थिए । चासो देखाएमध्येमा अधिकाशंले नेपालमा होटलदेखि ट्राभल्सका लागि समेत बुकिङ गरिसकेको समयमा विश्वभर फैलिएको ओमिक्रोनका कारण रद्द अधिकाशं बुकिङ रद्द भए’, उनले भने ।

यस्तै, ओमिक्रोन फैलन थालेपछि टेकिङ तथा टाभल्समा आउने तयारी गरेका धेरै विदेशी पर्यटकले रद्द गरेको पर्यटन व्यवसायी राममनि रिजालले बताए । आउटडोर हिमालयन ट्रेक्स प्रालिका सञ्चालक समेत गरेका पर्यटन व्यवसायी रिजालका अनुसार कोरोनाको तेस्रो लहरलाई देखाउँदै अधिकाशं विदेशीले ट्रिनै रद्द गरेका हुन् ।

उनका अनुसार यसअघि आउने तयारीमा रहेका तथा बुक गरेका धेरैले रद्द गरिसकेका छन् । केही अझै अवस्था हेरेर निर्णय गर्ने भन्दै वेट एण्ड सि मा समेत बस्ने गरेका छन् ।

आफ्नो कम्पनीमार्फत आउने तयारी गरेका विदेशीहरुमध्ये ट्रेकिङका अधिकाशंले पोस्टपोन्ड गरेका छन् भने ट्राभल्समा आउने तयारी गरेकाहरुले रद्द नै गरिसकेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.