वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

  २०७८ माघ ४ गते ११:५६     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमत भएका हुन् ।

यसबारे थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.