प्रबन्ध निर्देशककाे नियुक्तिसँगै दराजको नयाँ लोगो सार्वजनिक

  २०७८ माघ ३ गते १८:५७     विकासन्युज

काठमाडाैं ।  दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ।

दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्ड लाेगाेको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।

उनले विगत सात वर्षमा दराजले धेरै विकास गरेको र यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गरिएकाे बताए ।

यसका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ। वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्नेछिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.