नेपाल बङ्गलादेश बैंकको कामु सीइओ बने पाण्डे, २ दशक बढीकाे बैंकिङ अनुभव

  २०७८ माघ ३ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंककाे सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ रुपमा काम गरिसकेका छन् ।

चार्टड अकाउन्टेन्ट पाण्डेलरे बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । गत पुसमा उनी बैंककाे सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाकाे कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् । बैंक स्राेतका अनुसार अब बैंक सञ्चालक समितिले उनलाई सीईओकाे रुपमा नै नियुक्त गर्ने तयारी पनि गरिरहेकाे छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.