हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, फुल चार्ज गरेपछि १६५ किलोमिटरसम्मको रेन्ज दिने

  २०७८ माघ ३ गते १५:३९     विकासन्युज

काठमाडौं । हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ईमोबिलिटीले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको छ ।

लक्ष्मी ग्रुपको भगिनी संस्था लक्ष्मी ईमोबिलिटीले भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको  बिक्री सुरु गरेको हो । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ ।

इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हिरोको एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको छ ।

एकपटक फुल चार्ज गरी ८२ किलोमिटर देखि  १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुलेभारतमा अति नै राम्रोबजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीले गरेको जनाएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउदै ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

लक्ष्मी ई मोबिलिटीले काठमाडौंको टेकुमा आङ्खनो सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिदैंछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.