खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

  २०७८ माघ ३ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपालको प्रिमियम रम ब्राण्ड खुकुरीले नयाँ प्रोडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा सार्वजनिक गरेको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपालका साथै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।

रमका पारखीहरुले विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेकाे कुरालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट ‘खुकुरी स्पाइस्ड रम’ तयार पारेकाे जनाएकाे छ ।

यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । कम्पनीकाे अनुसार त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो ।

यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको कम्पनीकाे दावी छ ।

प्रिमियम ‘खुकुरी ट्रिपल एक्स रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले बताए ।

चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.