मेगाको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

  २०७८ माघ ३ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । माघ ३ गते मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको हो ।

जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता सेयर थपिएको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको ३० प्रतिशतपछि सो मात्राको सेयर नेप्सेमा हकप्रद थपिएको हो ।

यससँगै दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.