सोमबार बुद्धभूमि नेपालको सेयर कारोबार नहुने

  २०७८ माघ ३ गते ११:०२     विकासन्युज

काठमाडौं । सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर कारोबार नहुने भएको छ । स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले कम्पनीको माघ ३ गतेको नियमित समयमा संस्थाको सेयर कारोबार नहुने भएको हो ।

यससँगै अब बुधबारको स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै संस्थाको सेयर नियमित समयमा कारोबार हुने छ ।

दोस्रो बजारमा जुनसुकै कम्पनीको सेयर स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ ।

कम्पनीको सेयर गत तीन महिनापछि मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । गत असोजमा बाँडफाँड भएको कम्पनीको आईपीओ माघ २ गते मात्रै नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत असोज ११ देखि १४ गतेसम्म २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको पहिलो कारोबार न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँको बीचमा गर्न मिल्ने भएको छ । नेप्सेले कम्पनीलाई उक्त ओपनिङ रेन्ज तोकिदिएको हो । साथै, कारोबारको लागि कम्पनीको नेप्से सिम्बोल ‘बीएनएचसी’ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.