नबिल बैंकको न्यूरोडसहित ५ वटा शाखा बन्द

  २०७८ माघ ३ गते १०:४९     विकासन्युज

काठमाडौं । सोमबार नबिल बैंकको विभिन्न ५ वटा शाखा बन्द रहेका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै माघ ३ गते न्यूरोड(धर्मपथ), पुलचोक, अनामनगर, भैसेंपाटी र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो ।

यीमध्ये न्यूरोड र हेटौंडा शाखा आइतबार पनि बन्द थिए । आइतबार बन्द रहेको महाराजगंज शाखा भने सोमबार खुलेको बैंकले जनाएको छ ।

बैंकले कोभिड १९ को संक्रमण बढेसँगै केही शाखाहरु बन्द गर्ने भएको हो । तर अन्य शाखाहरु भने बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला हुने समेत बैंकले जनाएको छ ।

कोभिड १९ प्रभावित क्षेत्रहरुका केही शाखाहरु बन्द रहन सक्ने वा स्थानीय अधिकारीहरुको निर्देशन अनुसार फरक समयमा खोल्न सक्ने समेत बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.