नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

  २०७८ माघ ३ गते १०:४१     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.