विराटनगरमा प्रधानमन्त्री पार्क बन्ने, ७ करोड रुपैयाँ विनियोजन

  २०७८ माघ २ गते १८:५४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । विराटनगर महानगरपालिकाले वडा नं. २ र ७ मा प्रधानमन्त्री पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले पर्यटन प्रवर्धनका लागि उक्त पार्कको निर्माण गर्न लागेको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी हाल टेन्डरेको प्रक्रियामा पार्कको काम अगाडि बढेको महानगरपालिकाका सामाजिक विकास अधिकारी पुन बहादुर दाहलले बताए ।

सो पार्कमा विराटनगरभित्र प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिने छ । अधिकारी दाहलका अनुसार आकर्षक बोटबिरुवा र पूर्वाधारसमेत तयार गरी पार्क निर्माणको योजना छ ।

उक्त पार्क निर्माणको कामकाे आन्तरिक विश्लेषण महानगरपालिकाले आफैले गरिरहेकाे छ । पार्क निर्माणको लागि डीपीआर भएको छैन, यसको डिजाइन बनिसकेको छ, डीपीआर र यसको सपुर्ण प्रक्रिया सकेपछि टेन्डर गर्ने तयारीमा छौं,’ उनले भने ।

उक्त पार्क निर्माणको लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सो पार्क टेन्डर भई निर्माण सुरु भएको २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ । उक्त समय अवधि भित्र नसकिए थप समय गरेर भए पनि पार्क निर्माणको योजना महानगरले बनाएको छ । पार्क आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी पार्क निर्माण हुने महानगरपालिकाले जनाएको छ ।

‘उक्त पार्कको काम चालु आर्थिक वर्षबाट नै सुरु हुन्छ, पार्क निर्माण गर्ने टेन्डर सम्भवत यही १५ गते भित्र निस्कने छ,’ उनले भने ।

टेन्डर भएको ६१ दिनमा पार्कको शिलान्यास हुने दाहलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.