अग्नी ग्रुपद्वारा महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेताहरु घोषणा

  २०७८ माघ २ गते १७:५३     विकासन्युज

काठमाडाैं । अग्नि इन्कर्पोरेरेटेडले महिन्द्रा उत्सवक अफरकाे बम्पर पुरस्कार विजेताहरु सार्वजनिक गरेकाे छ । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्निले आइतबार उक्त अफरका विजेताहरु सार्वजनिक गरेकाे हाे ।

बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुरका सास स्टील प्रा.लि,  विरगंजकी मीनादेवी, हेटौडा कन्सट्रक्सन र नेपालगंजका बडाइयातल पशुपंंशी तथा यग्रो फार्म रहेका छन् ।

दशैँ, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरी संचालन गरिएकाे महिन्द्राउत्सव अफर¬¬ भाद्र १६गतेदेखि मंसिर १५ गतेसम्म लागु गरिएका थियो ।

यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रापावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभि साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.