माछापुच्छ्रे क्यापिटलको कामु सीईओमा शर्मा नियुक्त, बैंकिङ्ग क्षेत्रमा २ दशक बढी अनुभव

  २०७८ माघ २ गते १६:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गोविन्द प्रसाद शर्मा नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामुको जिम्मेवारी दिएको हो ।

बैठकले अर्को व्यवस्था नभए सम्मका लागि उनलाई कामुको जिम्मेवारी दिएको हो । यससँगै नवनियुक्त कामु सीईओ शर्माले माघ १ गतेदेखि नै लागू हुने गरी उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

साथै, उक्त बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यको राजिनामा स्वीकृत समेत गरिसकेको छ ।

शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टससंगको गभिने प्रक्रियामा अग्रेणी भूमिका निर्वाह गरेका छन् । साथै, माछापुच्छ्रे बैंक लगायतका संस्थाहरुमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.