नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक बजारमा

  २०७८ माघ २ गते ११:१८     विकासन्युज

काठमाडाैं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ ।

जैष्णवी समूहले अन्य बाइकको तुलनामा ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्लगसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक बजारमा ल्याएको हो ।

कम्पनीले स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ ।

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । यसका साथै यसमार्फत कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।

जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.