पञ्चकन्या माई हाइड्रोले एकैपटक सम्पन्न गर्यो ३ वर्षको साधारण सभा

  २०७८ पुष ३० गते १९:२१     विकासन्युज

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले एकैपटक तीन आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले पुस २८ गते एकैदिन चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त सभाले ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न एक जना महिलासहित ४ जना महिलालाई सञ्चालकमा निर्वाचित गरेको छ । जसमा संस्थापक सेयरधनी समुह-“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सो संचालकको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६, आर्थिक वर्ष २०७६/०७७, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरियो । साथै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्रकुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.