सेन्ट्रल फाईनान्सको ११ प्रतिशत लाभांश पारित, पुँजी ९४ करोड ८८ लाख पुग्ने

  २०७८ पुष ३० गते १९:०५     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित ११ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न संस्थाको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७.७ प्रतिशत बोनश सेयर र ३.३ प्रतिशत नगद लाभांश पाउने छन् ।
प्रस्तावित ७.७ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हाल संस्थाको निक्षेप ५ अर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

१४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको संस्थाले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै, भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।

संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी-आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको लागि नेपाल क्लियरिङ्ग हाउसले प्रवद्र्धन गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा संस्था सदस्य बनिसकेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ ।

त्यस्तै, संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिँदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.