समृद्धि फाइनान्सको सञ्चालक समितिमा ६ जना निर्वाचित, भट्टराई बने अध्यक्ष

  २०७८ पुष ३० गते १८:५३     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । पुस ३० गते सम्पन्न संस्थाको सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।

जसमा संस्थापक समुहबाट ठाकुरप्रसाद भट्टराई, दिपक अधिकारी, गुप्तबहादुर राना र सुजन अधिकारी तथा सर्वसाधारण समुहबाट विनोद कुमार सुवेदी र शिवलाल पुरी निर्वाचित भएका हुन् । त्यस्तै, उक्त सभाबाट बसेको संचालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक ठाकुरप्रसाद भट्टराईलाई अध्यक्ष पदमा चयन गरेको छ ।

संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभा प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरको होटेल एभोकाडो आर्किड रिसोर्टमा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको अध्यक्षतामा सम्पन्न गरेको हो । सभामा भौतिक र भर्चुअल माध्यमबाट सेयरधनीहरुले सहभागीता जनाएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७८/०७९ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक र सर्वसाधारण समुहबाट संचालकको निर्वाचन गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरि काठमाडौं-२८ मा स्थान्तरण गर्ने लगायतका एजेन्डाहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.