पोखरा फाइनान्सको ८.५० प्रतिशत लाभांश पारित

  २०७८ पुष ३० गते १८:००     विकासन्युज

काठमाडाैं । पोखरा फाइनान्सको २५ औं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएकाे छ ।

फाइनान्सकाे आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश पारित भएकाे हाे ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०४ अर्ब पुगेको छ ।

साथै सभाले आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिएका छन् ।

पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.