२१ औं वार्षिकोत्सवमा सुबिसुले २१ ठाउँमा गर्यो रक्तदान कार्यक्रम

  २०७८ पुष ३० गते १४:५६     विकासन्युज

काठमाडाैं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो ।

रेडक्रससगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा सफलता पुर्वक सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.