राष्ट्र बैंक बोल्योः दुवै बैंकलाई ३ वर्षसम्म लाभांश वितरणमा बन्देज, पाउने सुविधा पनि रोक्छाैं

  २०७८ पुष ३० गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमायन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कडा कारवाही गर्ने बताएको छ । मर्जरको अन्तिम तयारीमा रहेका दुई बैंकले अन्तिम आवरमा आएर मर्जर भाँडेपछि राष्ट्र बैंकले कडा कारवाही गर्ने बताएको हो ।

दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयन बैंकले आज साधारणसभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । तर, बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर असफल भएको हो ।

राष्ट्र बैंकले यी दुवै बैंकलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० अनुसारको कारबाही गर्ने बताएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब राष्ट्र बैंक कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए ।

उनका अनुसार दुई बैंकको सञ्चालक समितिले डिमर्जको पत्र राष्ट्र बैंकलाई पठाएपछि राष्ट्र बैंकले डिमर्ज गर्ने र कारवाही प्रक्रिया पनि अगाडि बढाउनेछ ।

‘हामीले डिमर्ज पनि गरिदिन्छौं, पहिले हामी सञ्चालकहरुलाई सचेत गराउँछौं, दोस्रो अर्को संस्थासँग मर्जर नभएसम्म तीन वर्षसम्म लाभांश दिन रोक लगाउने, तेस्रो, शाखा कार्यालय खोल्न बन्देज गर्ने र राष्ट्र बैंकबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधाबाट बञ्चित गर्नेछौं,’ उनले विकासन्युजसँग भने ।

विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारणसभामा संचालकहरुबीच नै बादविवाद भएको छ ।

4 comments on "राष्ट्र बैंक बोल्योः दुवै बैंकलाई ३ वर्षसम्म लाभांश वितरणमा बन्देज, पाउने सुविधा पनि रोक्छाैं"

  • bheshraj bhandari says:

    aba merger pani tyati sajilo xaina bhanne lesson diyo

  • Ganesh says:

    लगानीकर्ताहरुले पाउनु पर्ने लाभांश रोकेर बैंकका संचालक तथा व्यवस्थापकहरुलाई कारवाही हुन्छ र?

  • बिन्देश्वर प्रसाद यादव says:

    कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । ३वर्ष सम्म लाभांश राेकन मिल छ ।

  • Amir Bahadur shakya says:

    Himalayan bank le meardg nagarne bhane pachhi tyaslai matra karwahi garnu parne hain ra NIB lai Samet kin karwahi?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.