हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडियाे

  २०७८ पुष ३० गते १४:०६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर असफल भएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि मर्जर असफल बनेकाे हाे ।

दुई बैंकबीच मर्जर गर्ने भन्दै सिहमालयन बैंकले आज साधारणसभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । तर, बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर असफल भएको हो ।

मर्जरकाे लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारणसभामा संचालकहरुबीच नै बादविवाद भएको छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा सेयर आदनप्रदान अनुपात नमिलेको भन्दै त्यसमा अवरोध गरेपछि मर्जरको एजेण्डा अगाडि बढ्न सकेन।

सभामा सञ्चय कोषको तर्फबाट ‘सेयर आदन प्रदान अनुपात’ मा कैफियत देखाउँदै मर्जरको विपक्षमा प्रस्ताव पेश भएको थियो। त्यो प्रस्तावमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतको कम्पनीको समर्थन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.