माछापुच्छ्रे बैंकका ग्राहकलाई शुन्य किस्तामा साओमी र पोको फाेन

  २०७८ पुष ३० गते १३:१६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले एमआइ साओमी र पोको ब्राण्डकाे मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शुन्य प्रतिशत इएमआईमा पाउने भएका छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले यसकाे लागि भास्टल इम्पेक्स प्रालिसँग सम्झाैता गरेकाे छ ।

उक्त सम्झौतापत्रमा भास्टल इम्पेक्सको तर्फबाट डाईरेक्टर नितेश कुमार मुन्द्र तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शुन्य प्रतिशत इएमआईमा इन्स्टापे मार्फत पन्ध्र हजारदेखि एमआई साओमी र पोको ब्राण्डका मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इनस्टापेबाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल यमपेक्सको काठमाडाैंस्थित शोरुम मार्फत प्रदान गरिने बैंकले जनाएकाे छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छे बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.