राष्ट्रिय वाणिज्य बैंककाे ३३ प्रतिशत लाभांश पारित

  २०७८ पुष २९ गते १७:३१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले संचालक समितीकाे प्रस्तावित ३३ प्रतिशत लाभांश पारित गरेकाे छ ।

बैंककाे १६ औं वार्षिक साधारणसभाले ३३ प्रतिशत लाभांश(नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हाे ।

साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको हाे ।

यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.