धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन (नामसहित)

  २०७८ पुष २९ गते १७:२८     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित १५ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् ।

त्यसैगरी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल, डा. केशव प्रसाद श्रेष्ठ, रमेश अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पाेखरेल, अनिलराज पौडेल, रमेशकुमार हमाल, डा. जीवन अंगाई र हेमन्त बस्याल पनि बोर्डको अध्यक्ष बन्नका लागि दावेदार पात्र हुन् ।

जसमध्ये खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पाेखरेल भने नयाँ आवेदक हुन् भने बाँकी पुरानै उम्मेदवार हुन् । बोर्डले यसअघि पनि अध्यक्ष पदको लागि आवेदन फारम खुलाएको थियो । तर उक्त सूचनालाई रद्द गर्दै बोर्डले पुनः दोस्रो पटक सूचना निकालेको हो ।

मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । र, मन्त्रिपरिष्दको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ ।

सम्बन्धित सामाग्री

सेबाेन अध्यक्षका लागि पुनः आवेदन माग, यसअघि दिएकाको के हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.