नेप्से परिसूचक ५४ अंकले बढ्दा कारोबार रकम घट्यो

  २०७८ पुष २९ गते १५:१४     विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक ५४.१२ अंकले उकालो लागेको छ । परिसूचक बुधबारको तुलनामा १.९३ प्रतिशतले बढेर २८५७.७५ बिन्दुमा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बिहीबारको सेयर कारोबार ६ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३७ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ८ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा सबैभन्दा बढी अपर तामाकोशीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.