उन्नति सहकार्य लघुवित्तको ३० प्रतिशत बोनससहित एफपीओ जारी गर्ने प्रस्ताव पारित

  २०७८ पुष २९ गते १३:०४     विकासन्युज

बुटवल । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत बोनस सेयर पारित भएको छ । पुस २८ गते सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको ३० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको बोनस सेयर पाउने छन् ।

साथै, सभाले बोनस सेयरपछि एक करोड ७८ लाख रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू(एफपीओ)) जारी गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै बोनस वितरण र एफपीओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ र अधिकृत पुँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

संस्थाले भैरहवा रुपन्देहीले सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था सञ्चालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षता र संघीय सांसद तथा संस्थाका संस्थापक अध्यक्ष भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौं बार्षिक साधारण सभाले तीन वटा सामान्य प्रस्ताव र विभिन्न छ वटा विशेष प्रस्तावहरु पारित गरेको छ ।

त्यस्तै, सभाले सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावलार्य पारित गरेको छ ।

हाल १७ करोड ६१ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको छ । संस्थाले तीन अर्ब ३२ करोड कर्जा लगानी गरी ९४ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । राष्ट्रिय स्तरको संस्थाको हाल २८ जिल्लाहरुमा ८२ वटा शाखा सञ्जालहरु रहेका छन् भने तीन सय पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.