आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्ग पढ्न ८० हजार अमेरिकी डलरको छात्रवृति दिने

  २०७८ पुष २८ गते १७:५४     विकासन्युज

काठमाडौं । जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएकाे छ ।

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएकाे हाे ।

माघ २८ गतेसम्म यसकाे लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ ।

फाउन्डेसनकाे अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएकाे छ ।

पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.