ट्राफिक महाशाखाले शुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

  २०७८ पुष २८ गते १५:३१     विकासन्युज

काठमाडौं । अब ट्राफिक जरिवाना किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएकाे छ ।

महानगरीय ट्राफिक महाशाखाले आजदेखी ट्राफिक नियम उल्लंघन गरेवापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु पे’को किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने सेवा सुरु गरेकाे हाे ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् ।

बुधबार एक कार्यक्रमकबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधीकाे उद्‌घाटन गरे ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।

हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.