‘द ब्रिटिश कलेजले विद्यार्थीको भविष्यलाई एउटा आकार दिन्छ’-अरुणलाल जोशी

  २०७८ पुष २८ गते १४:१४     विकासन्युज

नेपाली विद्यार्थी र शिक्षकसमेतले रुचाएको कलेज हो द ब्रिटिश कलेज । पढाउने तथा सिप सिकाएर बजारमा दक्ष जनशक्ति पठाउने एउटा प्रतिष्ठित कलेजका रुपमा परिचित द ब्रिटिश कलेजलेले हालै मात्र साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक पनि पढाउन सुरु गरेको छ । सन् २०१२ बाट सुरु भएको यो कलेजले पढाउने र सिप सिकाउने मात्र होइन, विद्यार्थीलाई बजारमा बिकाउनेसम्मको काम पनि गर्दै आएको छ ।

बिजनेश र आइटी प्रोग्रामबाट नेपालको शैक्षिक क्षेत्रमा प्रवेश गरेको कलेजले युनिभर्सिटी अफ वेस्ट अफ इंगल्याण्ड र लिडस्बेकेट युनिभरसिटीबाट सम्बन्ध प्राप्त गरेको छ । करिब १७ जना विद्यार्थीबाट सुरु गरेको यस कलेजबाट १ हजार बढी पास भएर गइसकेका छन् । कलेजको पठनपाठन, कलेजको आगामी योजना लगायतका विषयमा विकासन्युज लागि डोमी शेर्पाले कलेजका एसोसिएट डिन ऐकेडेमिक अरुणलाल जोशीसँग कुरा गरेकी छन्ः

द ब्रिटिश कलेजमा कुन कुन कोर्सहरुको पढाइ हुन्छ ?

कलेजमा सुरुवाती चरणमा एमएससी इन्टरनेशनल बिजनेश म्यानेजमेन्ट र बिबिए प्रोग्राम रहेको थियो । त्यसपछि कलेजले विस्तारै नयाँ कोर्सहरु थप्दै गएको हो । हामीसँग एमबिए एक्जिक्युटिभ, एमबिए ग्रयाजुऐट, बिबिए, बिएस्सी होन्स हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट, एमएससी इन्फरमेसन एण्ड टेक्नोलोजी र बिएएससी कम्प्युटिङ्ग रहेको छ । र, भर्खरै मात्र हामीले बिएससी होन्स साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक भनेर युनिभरसिटी अफ वेस्ट अफ इंगल्यान्डबाट लन्च गरेका छौं । यसको मतलब अहिले हामीसँग करिब ८ वटा कोर्सहरु संचालन भइरहेका छन् ।

कुनै पनि विद्यार्थीले ब्रिटिश कलेजलाई नै किन छान्ने ?

ब्रिटिश कलेजलाई छान्नु पर्ने कारणहरु धेरै छन् । पहिलो कारण भनेको हाम्रो पाठ्यक्रम प्रयाक्टिकल केन्दि«त छ । अहिले पनि सबै युनिभर्सिटीको आफ्नै उदेश्य छ । अहिले नेपालमा जति पनि युनिर्भसिटीको कोर्सहरु छन्, त्यो धेरै थ्योरी र परीक्षा केन्दि«त छ । परीक्षा पास गर्यो सर्टिफिकेट लियो अनि काम त्यही समाप्त भयो । विद्यार्थीले पढेको कुरा परीक्षाले मात्र निर्धारण गरिहरहेको छ । ३ देखि ४ घण्टाको परीक्षामा उनीहरुले पढेको कुरा आयो भने राम्रो सटिफिकेट पाउने र नआए फेल हुने व्यवस्था छ ।

तर, हाम्रो युनिभर्सिटीमा फरक छ । यहाँ थ्योरीभन्दा पनि प्रयाक्टिकलमा आधारित शैक्षिक प्रणाली छ । युके इजुकेसन भनेको इकदमै इन्टेन्स हुन्छ । युके एजुकेसनमा यदि तपाईंले बिजनेशमा भर्ना गर्नु भएको छ भने त्यहाँ बिजनेशसँग सम्बन्धित कुराहरु मात्र फोकस गरिएको हुन्छ । यस्तै, विद्यार्थीको मुल्यांकन पनि समग्र रुपमा उसको पे्रजेन्टेसन, परीक्षा, कोर्स वर्क, वर्कसपमा उसको सहभागिताहरुलाई लिएर हुन्छ । विद्यार्थीको मूल्यांकन पुरा वर्ष यही गतिविधिहरुलाई लिएर हुन्छ ।

यसरी विद्यार्थीहरुको मूल्यांकन हुँदै जाँदा यदि विद्यार्थीहरुले पहिलो वर्ष राम्रो गर्न सकेनन् भने उनीहरुलाई कसरी माथि उकास्ने भन्ने विषयमा हामी केन्द्रीत रहेर विद्यार्थीलाई सहयोग गर्छौं ।

व्रिटिश कलेजको फोकस के हो ?

विद्यार्थीलाई सफल कसरी बनाउने विषयमा हामी केन्द्रीत छौं । हाम्रो पार्टनर युनिभर्सिटीहरुको रिर्सच डेटाहरु हामीसँग भएकाले हामीलाई यसबारे राम्रो ज्ञान छ । हामीसँग एकदमै अनुभवी शिक्षकहरु छन्, जो हालको ग्लोबल मार्केटबारे निकै जानकार छन् । हामी नेपालको मात्र नभएर ग्लोबल मार्केटलाई हेर्छाैं । ग्लोबल मार्केटमा कस्तो खालको ग्रयाजुऐटलाई अहिले मार्केटले खोजिरहेको छ भन्ने हामीलाई थाहा छ ।

अर्को, हामीले ब्रिटिश कलेजमा फोकश गर्ने भनेको इनोभेटिभ अन्टरप्रेनर हो । हामीले काम खोज्ने मात्रै भन्दापनि अबको जेनेरेसन उद्यमी पनि बन्नुपर्छ भन्ने हो । हामी एउटा कम्पनी संचालन गर्नको लागि आवश्यक जानकारी सबै यहाँ प्रदान गरिरहेका छौं । एउटा विद्यार्थीले भर्ना गरेपछि ४ वर्षभित्रमा उनीहरुको भविष्यलाई एउटा आकार दिन हामी मद्दत गर्छाैं ।

तपाईंहरुसँग आवद्ध भएका दुई युनिभर्सिटी बेलायतमा कुन स्थानमा रहेका छन् ?

हाम्रो पार्टनर युनिभर्सिटीहरु एउटा द लिड्स बेकेट युनिभर्सिटी रहेको छ र अर्को युनिर्भसिटी अफ वेस्ट इंगल्याण्ड रहेको छ ।

विभिन्न प्यारामिटरको आधारमा उनीहरुको स्थान मापन निर्धारण गरिन्छ । उनीहरुको रिर्सच, टिचङ, सर्पोट बाहिरबाट आएको फिडब्याकहरुलाई लिएर बेलायतमा हरेक वर्ष युनिभर्सिटीको मापन हुन्छ । अहिलेको भखर्रै गरिएको टाइम्स हाइयर एजुकेसनको मापनमा द लिड्स बेकेट युनिभर्सिटी यो विश्वको ८ सयौं स्थानमा पर्दछ । र, टिचिङ्ग एक्सिलेन्स फ्रेमवर्क यसको सिलभर स्टयाण्डर्ड रहेको छ ।

यस्तै, हाम्रो अर्को ब्रिस्टलमा रहेको युनिभर्सिटी अफ वेस्ट इंगल्यान्ड टाइम्स हाइयर एजुकेसनको मापनमा ४०० औं स्थानमा पर्दछ र र टिचिङ्ग एक्सिलेन्स फ्रेमवर्क यसको गोल्ड स्टयाण्डर्ड रहेको छ । उनीहरुको क्विालिटी मापनहरु हाम्रो यहाँ कलेजको गतिविधिले पनि निर्धारण गरिरहेका हुन्छ, जसकारण त्यहाँबाट हरेक वर्ष हाम्रो क्विालिटी रिभ्यु हुन्छ ।

ब्रिटिश कलेजबाट उत्पादिन जनशक्तिहरु बजारमा कसरी प्रयोग भइरहेका छन् ?

निकै राम्रो प्रश्न गर्नुभयो । सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो । हामी सबैभन्दा पहिला यहाँ विद्यार्थीहरु आउँदा अभिभावक पनि लिएर आउन आग्रह गर्छौं । हामी अभिभावकलाई पनि ४ वर्षपछि र ४ वर्षमा विद्यार्थीको विकासको लागि के के हुन्छ त भन्ने ब्रिफिङ्ग गर्छौं ।

विद्यार्थी भर्ना हुने समयदेखि पास भएर जाने समयसम्ममा हामीले कलेजमा धेरै इभेन्टहरु गर्छौं । उनीहरुको व्यक्तित्व विकास, काम गर्ने शैलीको विकासको लागि हरेक समरमा हामीले प्रोग्रामहरु गरिरहेका हुन्छौं ।

विद्यार्थीलाई अन्तराष्ट्रिय बजारमा के भइरहेको छ भन्ने जानकारी दिन हामीले इन्टरनेशल मोबिलिटी प्रोग्राम संचालन गर्छौं । यही बीचमा हामी जब फेयर पनि गर्छाैं । जब फेयरको मुख्य उदेश्य भनेको मुख्य विद्यार्थीको प्लेसमेन्ट रहेको छ । यसमा कोही विद्यार्थी इच्छुक रहेको अवस्थामा उनीहरुलाई इन्टर्नसिपको पनि व्यवस्था छ । हामी हरेक वर्ष जब फेयर गर्छौं । एक महिनाअघि मात्र हामीले जब फेयर गरेका थियौं, जसमा ४० कम्पनीको सहभागिता थियो । त्यहाँ टे«डिङ्ग हाउसदेखि इन्स्योरेन्स कम्पनी सहभागी थिए । यस्ता विभिन्न खाले प्लेटफर्म हामी विद्यार्थीलाई दिइरहेका हुन्छौं । यस्तै यदि हाम्रो यहाँबाट ग्रयाजुऐट भएर गएका विद्यार्थी काम खोजिरहेको छ भने उनीहरुलाई सधैं हामीसँगै आउन हामी भन्छौं ।

यहाँबाट पास भएर गएका विद्यार्थीहरुमा अधिकांश विदेशमा थप अध्ययन र काम गरिरहेका छन् । त्यस्तैे, हाम्रा अरु विद्यार्थीले आाफ्नै कम्पनी सुरु गरेका छन् भने बाँकी विद्यार्थी नेपालकै राम्रो कम्पनीमा काम गरिरहेका छन् ।

विद्यार्थीलाई बजारमा आवश्यक सिपको बारेमा सिकाउछौं जसले गर्दा हाम्रा विद्यार्थी बजारमा सजिलो रुपमा टिक्न सकिरहेका छन् । नेपालमा यस्तै धेरै बहुराष्ट्रिय कम्पनीहरु छन् जसमा हाम्रा विद्यार्थीहरु काम गरिरहेका छन् । र, ती कम्पनीहरुबाट हामीलाई उनीहरुको कामलाई लिएर निकै राम्रो प्रतिकृयाहरु आइरहेका छन् । यति मात्र होइन हामी यदि विद्याथीहरुले काम बदल्न चाहेका अवस्थामा पनि सहयोग गर्दछौं ।

यहाँ कुन कुन सिफ्टमा अध्ययन गर्न सकिन्छ ?

विद्यार्थीले पढेर मात्र सर्टिफिकेट नलियोस् भन्ने हाम्रो कलेजको एउटा उदेश्य हो । उसले पढाइको साथसाथै सामाजिक सिप, जस्तै मानिससँग कुरा गर्न सक्ने, वार्ता गर्न सिपहरु सिकुन भन्ने हाम्रो उदेश्य हो । त्यही कारण हामी विद्यार्थीलाई पढाई सँगसँगै काम गर्न प्रोत्साहन गर्छौं । यहाँ अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नसिपमा लाग्न हामी प्रोत्साहन गर्छौं ।

ब्याचलर्समा हामी पहिलो र दोस्रो वर्ष विद्यार्थीलाई पढाईमा ध्यान दिएर मुख्यतः आफू को हो, आफनो क्षमता केमा छ भन्ने थाहा पाउन सुझाव दिन्छौं । त्यसपछि तेस्रो वर्षमा सबैलाई काम गर्न सुझाव दिन्छौं । पहिलो र दोस्रो वर्ष हाम्रो कक्षाहरु दिउँसो संचालन हुन्छन् र त्यसपछि अन्तिम वर्षका विद्यार्थीको लागि बिहानको कक्षा मिलाएका छौं ताकि विद्यार्थीहरुले दिउँसो काम गर्न पाउन् ।

त्यस्तै, मास्टर्समा हाम्रो यहाँ पढिरेहका ९० प्रतिशत विद्यार्थीहरु काम गरिरहेका छन् जसको लागि पनि बिहानको कक्षा समय मिलाएका छौं ।

ब्रिटिश कलेजमा एउटा कोर्स अध्यन गर्नु र युकेमा त्यही कोर्स अध्यन गर्नुको फरक के छ ?

हाम्रो खर्च बाहेक विदेश र नेपालमा पढ्नुको फरक केही छैन । बेलायतमा १ वर्ष पढ्दा लाग्ने खर्चले यहाँको ४ वर्षको पढाइ पुरा हुन्छ । त्यसबाहेक त्यहाँ र यहाँ पढाइ हुने पाठ्यक्रम, सर्टिफिकेट र उनीहरुले र हामीले प्रदान गर्ने प्लेटफर्म उही रहेको छ । यसको मतलव नेपालको ब्रिटिश कलेजमा र युकेमा अध्ययन गर्नुको अनुभव उस्तै रहन्छ । हामी हरेक तरिकाबाट उनीहरुलाई विदेशमै पढेको अनुभव गराउन प्रयाशरत छौं ।

भखरै मात्र तपाईंहरुले नयाँ विषय बिएससी होन्स साइबर सेक्युरिटी एण्ड फोरेन्सिक स्टडिज ल्याउनुभएको छ । यो कस्तो कोर्स हो ? यो नेपालको लागि किन आवश्यक छ ?

मार्केटको रिसर्चले अहिले के भनिरहेको छ भने अबको समय भनेको स्पेशललाइजेशनको हो । हामीले यो कोर्स भखरै लन्च गरेको हो र अहिले त्यसको भर्ना दर हेर्दा विद्यार्थीहरु निकै यो विषयप्रति आर्कषित भएको देखिन्छ । हाम्रो डिग्रीको हिसाबले यो कोर्स ल्याउने सबैभन्दा पहिलो हौं । अरु कलेजहरुले पनि नेटवर्क सेक्युरिटी, साइबर सेक्युरिटी भनेर कोर्सहरु ल्याइसके तर हामीले यसमा डिजिटल फोरेन्सिक जोडेका छौं । यसमा हामीले दुईवटा विषय मर्ज गरेर युनिभर्सिटी अफ वेस्ट इंगल्याण्ड मार्फत ल्याएका हौं ।

यसको फरक के छ भन्दा नेपालमा कुनै पनि सेक्युरिटी ब्रिच भएको अवस्थामा एउटाले हुनबाट बच्न मद्दत गर्छ भने अर्कोले भएको अवस्थामा त्यसमा कारवाही कसरी अगाडी बढाउने गर्ने भन्ने कुरा सिकाउँछ । कोर्टमा केस गएको अवस्थामा यसमा दक्ष व्यक्तिले प्रमाणहरु संकलन गरी कोर्टमा पेश गर्न सकुन् भनेर हाम्रो यस कोर्सको दोस्रो र तेस्रो वर्षमा कानुन पनि राखिएको छ ।

यस विषयलाई पढाउन हामीलाई अलिक स्पेशलाइज्ड शिक्षकहरु नै चाहिन्छ । यस सिलसिलामा हामीले नेपाल सरकार र प्रहरीहरुसँग सहकार्य गर्न खोजिरहेका छौं । हामीले यसको लागि उहाँहरुसँग धेरै बैठक तथा छलफल गरेका छौं । र, हाम्रो क्लासमा विद्यार्थीलाई पढाउन पनि एक्सपर्ट नै आउनुहुन्छ ।

यो कति वर्षको कोर्स हो ? कस्ता विद्यार्थीले पढ्न सक्छन् ?

यो चार वर्षको कोर्स हो । यो कोर्स हामी जनवरीबाट चलाउँदैछौं । यसमा भर्ना हुने विद्यार्थीहरु नेटवर्कसँग र टेक्नोलोजिमा हुनुपर्छ । हाम्रो यहाँको लोकल युनिर्भसिटीमा कुनै पनि कोर्स पढ्दा तिमी साइन्स नै पढेको हुनुपर्छ, म्यानेजमेन्ट नै पढेको हुनुपर्छ भन्ने छ । तर हाम्रो यहाँ फरक छ जुन हाम्रो कलेजको ब्युटी हो ।

कुनै पनि विद्यार्थीलाई १८/१९ वर्षसम्म आफ्नो रुची के हो भन्ने थाहा हुन्न र उसले थाहा नपाई केही विषय पढेको हुन्छ । विस्तारै अगाडी बढ्दै जाँदा उसको रुची अर्कैतर्फ गयो भने के गर्ने ? नेपाली युनिभर्सिटीहरुले त्यसको लागि कुनै व्यवस्था गरेको छैन । तर हामी यसमा खुला छौं । हाम्रोमा म्यानेजमेन्ट पढेका विद्यार्थीले पनि यो कोर्स पढ्न पाउनेछन् तर उनीहरुलाई यसमा सफल हुने थप केही होमवर्क गर्न दिन्छौं । पर्सेन्टेजको हिसाबले हामीले ६० प्रतिशत माथि ल्याएका विद्यार्थीलाई प्राथमिकता दिन्छौं ।

नेपालमा र विश्वबजारमा यस विषयका जनशक्तिको माग कति रहेको छ ?

विश्व बजारको त कुरै नगरौं । एकपटक गुगल गरे यसको मागबारे मज्जाले थाहा पाउन सकिन्छ । नेपालको कुरा गर्नुपर्दा हामीले २०१२ मा जसरी ब्रिटिश एजुकेसनको बारेमा मानिसहरुलाई जानकारी गरायौं, त्यसरी नै यसबारे हामीले १०० भन्दा बढी विभिन्न कम्पनीहरुसँग सम्झौता गर्दै यसबारे जानकारी दिइरहेका छौं । अहिले कम्पनीहरु नेटवर्क सेक्युरिटी बारे जानकार हुन थालेका छन् । बैंकिङ्ग तथा इन्स्योरेन्स कम्पनीहरु यसबारे अगाडिबाट नै जानकार छन् । नेपालमा २८ वटा कर्मशियल बैंकहरु छन् जहाँ यो नभइ नहुने विषय हो । हरेक सरकारी कार्यालयहरुमा उनीहरुको वेबसाइट ह्याक हुने तथा डाटाहरु चोरी हुने हुँदा यो निकै महत्वपूर्ण छ ।

नेपाल टेलिकमले यसको ‘बाइ ल’ ल्याइसक्यो र अब नेपाल सरकारले पनि यसबारे कानुन ल्याइसकेपछि हरेक कम्पनीमा आइटी डिपार्टमेन्ट हुनुपर्छ, जहाँ साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक सम्बन्धि स्पेशलाइज्ड मानिसहरु हुनुपर्छ । यसको अर्थ अबको ४ वर्षमा हाम्रो जनशक्ति तयार हुँदा बजारमा यसको माग पनि निकै राम्रो रहनेछ ।

ब्रिटिश कलेजको अबको योजना के छ ?

हाम्रो लक्ष्य भनेको नेपालमा वल्र्ड क्लास इनटरनेशनल शिक्षा प्रदान गर्नु हो । ब्रिटिश एजुकेसन इन्टरनेशनल डिग्रीको लागि यस्तो खालको संस्था होस्, जहाँबाट उत्पादित जनशक्ति ग्लोबल मार्केटको लागि फिट होस् र साथसाथै उद्यमी पनि होस् । त्यसैमा हामी अगाडि बढिरहेका छौं । हाम्रो एक्सपान्सन भइरहेको छ । प्राइमेरी र सेकेन्डरी एजुकेसनमा पनि हामी एक्सपान्ड हुँदैछौं । इन्टरनेशनल एजुकेसनमा आफ्नै क्याम्पसमा करिब ३ हजारदेखि ४ हजार विद्यार्थी भर्ना गर्न सक्ने इन्फास्ट्रकचर प्लान गर्दैछौं । अरु कुरा भनेको हामी शिक्षामा लिडिङ्ग हुन चाहन्छौं र हामी देशभर फैलिएर लोकल कस्टमा हाम्रो शिक्षालाई मानिसहरुकहाँ पुराउन चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.