ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

  २०७८ पुष २८ गते १२:५२     विकासन्युज

मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।

यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.