जानकी फाइनान्सको लाभांश घोषणा, नगदमा भन्दा बोनसमा जोड

  २०७८ पुष २७ गते १७:४९     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २७ गते दिउँसो बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

हाल संस्थाको चुक्ता पुँजी ६० करोड ४ लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस पारित पछि संस्थाको चुक्ता पुँजी ६९ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.