शिवम् सिमेन्टले थप ३ हजार बढी निर्माणकर्मीकाे गरिदियाे जोखिम बीमा

  २०७८ पुष २७ गते १५:०९     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीकाे ५ लाख बराबरको जोखिम बीमा गरिदिएकाे छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुकाे बीमा गरिदिएकाे हाे ।

शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग गरेका निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा उनीहरुलाई उक्त बीमा पाेलिसी प्रदान गरेकाे छ ।  ।

उक्त अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवंम अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.