दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्यनको लागि छात्रवृति दिने

  २०७८ पुष २६ गते १७:०६     विकासन्युज

काठमाडौं । एम भी. दुगड़ ग्रुपले २५ जना विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति घोषणा गरेको छ । कम्पनीले अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा आर्थिक स्थिती कमजोर भएका २५ विद्यार्थीको लागि छात्रवृति घोषणा गरेको हो ।

कम्पनीले अध्यक्ष दुगडको जन्मोत्सवको अवसरमा देशभर रहेको शाखामा रक्तदान कार्यक्रम गरी ६६६ युनिट रगत संकलन गरेको छ ।

यति मात्र नभएर कम्पनीले सोलुखुम्बु र रामेछाप जिल्लामा निशुल्क आँखा शिविर पनि संचालन गरेको छ । पुस १८ गते मंगलबार देखि २३ गते शनिबारसम्म सोलुखुम्बु र रामेछाप संचालित शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए । जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यकृया गरिएको थियो ।

त्यसैगरी कम्पनीका सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण गर्नेुको साथै विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना वृद्धाहरुलाई खाना खुवाएका छन् ।

 

 

One comment on "दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्यनको लागि छात्रवृति दिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.