आईपीओको १० प्रतिशत रेमिटेन्स पठाउनेले पाउने गरौंः गोल्यान

  २०७८ पुष २६ गते १२:१४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष पवन गोल्यानले आईपीओको १० प्रतिशत रेमिटेन्स पठाउनेले पाउने व्यवस्था गर्न माग गरेका छन् । एनएमबि बैंकका अध्यक्ष समेत रहेका गोल्यानले प्राथमिक बजारमा जारी हुने साधारण सेयरको १० प्रतिशत विदेशबाट रेमिट्यान्स पठाउनेलाई पनि छुट्याउने व्यवस्था गर्न माग गरेका हुन् ।

परिसंघको दोश्रो वार्षिक साधारण सभामा बोल्दै गोल्यानले उक्त माग गरेका हुन् । हाल बजारमा निष्काशन हुने आईपीओको केही प्रतिशत म्युचुअल फण्ड र सम्बन्धित कम्पनीका कर्मचारी छुट्टाएर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गर्ने प्रावधान छ ।

परिसंघको सभा पुस २६ गते सुन्धारास्थित केन्द्रिय कार्यालयमा भएको छ । उक्त अवसरमा सिबिफिनको नवनिर्मित कार्यालय समेत उद्घाटन गरिँदै छ । उक्त कार्यालयको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.