सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने

  २०७८ पुष २५ गते १७:४४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्य सम्वन्धि आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन् ।

उक्त स्वास्थ्य सेवा सम्बन्धमा इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता भएको छ । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुग्ने उद्देश्यले कम्पनीले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यस सम्झौताले कम्पनीसँग आबद्ध भएका सबै लाभान्वित हुने कम्पनीको विश्वास छ । र, आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने इन्स्योरेन्सको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.