इन्द्र नारायण चोङबाङ्ग भए यामाहा ‘रेस फर द एस’का विजेता

  २०७८ पुष २५ गते १६:०१     विकासन्युज

काठमाडौं । यामाहा मोटरसाइकलका दसैं स्किम ‘रेस फर द एस’ को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् । यामाहाकाे लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैँलाई लक्षित गरी उक्त स्किम संचालन गरेकाे थियाे ।

९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ हजारदेखि १ लाखसम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्किम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो ।

प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई कम्पनीले ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गर्ने स्किम थियाे ।

नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनौट गरिएको यस ‘रेस फर द एस’ स्किमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.