भ्याट नर्तिने ३५२ व्यवसायीको नामावली सार्वजनिक

  २०७८ पुष २५ गते ११:४९     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गरेको छ । दुवै कार्यादलले आईतबार एक सार्वजनिक सूचना जारी गर्दै समयमा नै कर भुक्तानी नगर्नेहरुको नामावली प्रकाशन गरेको हो ।

दुई कार्यालयले सार्वजनिक गरेको नामावलीमा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षदेखि सञ्चारगृहसम्म रहेका छन् ।

कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन् ।
पुतलीसडक कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको छ ।

त्यसैगरी बानेश्वर कार्यालयले ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ । आइक्यानका अध्यक्ष युद्धराज ओलीको फर्म पिवाईसी एण्ड एशोसियटले भ्याट नतिरको भन्दै कर कार्यालयले सूचना निकालेको छ ।

सरकारी कार्यालयले समेत तिर्दैन कर

कर कार्यालय पुतलीसडकले सार्वजनिक गरेको २५६ कम्पनीको सूचीमा सरकारी कार्यालय समेत रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले साढे २ करोड कर भुक्तानी नगरेको सूचनामा उल्लेख छ ।

कर कार्यालयले सचिन सापकोटाको नाम उल्लेख गर्दै २ करोड ४८ लाख ११ हजार बढी कर भुक्तानी गर्न १५ दिनको समय दिएको छ ।
समयमा भ्याट नबुझाउने कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शकुन्ताल हिराचनको कम्पनी समेत परेको छ । उनले कम्पनी युनाईटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिले १ करोड ४० लाख कर रकम दाखिला नगरेको सूचनामा उल्लेख छ ।

कर कार्यालयले मिडिया कम्पनीले पनि भ्याट समयमा नबुझाएको भन्दै सूचना निकालेको छ । जसमा एभेन्युज टेलिभिजनले ५ करोड ३५ लाख, विजमाण्डुले ४३ लाख, सौर्य दैनिकले ६० लाख, एविसी मिडिया ग्रुपले ११ लाख ९२ हजार र कम्युनिकेट मिडिया प्रालिले ३२ लाख २३ हजार बढी कर रकम दाखिला गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.