विजय लघुवित्तको २१.०९ प्रतिशत लाभांश पारित, ४ जना संचालक नियुक्त

  २०७८ पुष २४ गते २०:०२     विकासन्युज

काठमाडौं । विजय लघुवित्तको २१.०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सभाले लघवित्तकाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर तथा १.०६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, २०७८ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७७/०७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।

उक्त सभाले आ.व. २०७८/०७९ मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

यस्तै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुमा पदमा क्रमशः कपिल न्यौपाने, स्वयम्भू शाक्य, डा. हेमराज लामिछाने र खेमराज सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.