बीमा कम्पनीले ९० दिनभित्रै सीईओ नियुक्ति गरिसक्नुपर्ने 

  २०७८ पुष २३ गते १३:११     विकासन्युज

काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको ३ महिनाभित्रमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने जनाएको हो ।

समितिले हालै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७८ को पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

साथै, उक्त संशोधित निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने छ । र, स्वीकृत भएको मितिले १५ दिनभित्रमा बीमा समिति समक्ष पेश गर्नुपर्ने छ ।

त्यस्तै, यो निर्देशिका तत्काल कार्यान्वयनमा ल्याइने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.