‘बैंकहरुको व्याजदर १२.५ प्रतिशत पुगिसक्यो, सहकारीको पनि बढाउनु पर्छ’

  २०७८ पुष २३ गते १०:२८     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकिङ बजारमा तरलताको अभाव भएकोले सहकारीको सन्दर्भ व्याजदर तत्काल बढाउनु पर्ने बताएका छन् ।

शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले व्याजदर जति सक्दो छिटो बढाएर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

उनले केही समयदेखि सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको व्याज निर्धारणका लागि छलफल भइरहेको भएपनि टुङ्ग्याउन नसकेको बताए ।

यस्तै, उनले अहिले बजारमा तरलताको अभावको कारण बैंकहरुको समेत १२.५ प्रतिशतसम्म व्याजदर पुगेको बताउँदै सहकारीको पनि नबढाउनुको विकल्प नरहेको बताए ।

अहिले सहकारीहरु गुणात्मकभन्दा पनि संख्यात्मक रुपमा अगाडि बढेको उनको भनाई छ । उनले एउटा नगरपालिकामा ६० वटा सम्म सहकारी दर्ता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.