एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब नाघ्यो

  २०७८ पुष २२ गते १७:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको साधारणसभा पुस २२ गते बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.