बोनसको लागि दुई फाइनान्सको सेयर मूल्य समायोजन

  २०७८ पुष २२ गते ११:५५     विकासन्युज

काठमाडौं । बिहीबार दुई फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस २२ गते गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

जसमध्ये गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५४.४५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४४१.९७ रुपैयाँ कायम भएको छ ।

यससँगै पुस २१ गतेसम्म कायम सेयरधनीहरुले यी दुई संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.