हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बढ्यो बोनसदर

  २०७८ पुष २२ गते १०:४५     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनको लागि ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । प्रस्तावित ६.५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.