यामाहाको रेजेडआर १२५ एफआइ र्याली, अधिकारी बने पहिलो बिजेता

  २०७८ पुष २१ गते १८:४५     विकासन्युज

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्दै आएको हो ।

कम्पनीले उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली पुस २१ गते आयोजना गरेको थियो । महाराजगंजदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली यामाहा शोरुम महाराजगंजबाट सुरु भएको हो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, महाराजगंजमा बिहान ९ बजे र्याली सुरु गर्न बिहान ८ बजे आइपुग्न भनिएको थियो ।

यस पटकको र्यालीको बिजेता विज्ञान अधिकारी बनेका छन् । उनी प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विजेता बनेका हुन् । त्यसैगरी, प्रतिलिटर ७४ केमीका साथ भिम बहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भएकी छिन् ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर(कूल्ड, फ्युल(इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।

ूनेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौं यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।ू एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयम्लाई संलग्न गरी यस किसिमका र्याली निरन्तरता दिइरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.