महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दियो ट्री गार्ड

  २०७८ पुष २१ गते १६:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्री गार्ड दिएको हो ।

बैंकले बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि उक्त सहयोग गरेको हो । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.